लाली ओठैमा लाएर आईन तारा अधिकारी


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ फागुन

गीतकार तारा अधिकारीको नयाँ गीत लाली ओठैमा… को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो ।

चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा राजीव समरको कोरियोग्राफी भिडियोमा छ । यो गीतको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास गीतकार तारा अधिकारीको छ । निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको बताए ।