ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

यस अघि थुप्रै चर्चित गीतहरु बजारमा ल्याएकी लोकदोहोरी गायिका बिष्णु माया पौडेलले अर्को नयाँ दोहोरी भाका बजारमा ल्याएकी छिन् । प्रियसि म्युजिक युटयुब च्यानल मार्फत सार्बजनिक गरिएको यो चोखो मायाँ…गीतमा गायिका पौडेललाई गायक पुष्कल शर्माले स्वरमा साथ दिएका छन । नेपाली लोक दोहोरी क्षेत्र र बिशेषगरि स्टेज कार्यक्रम संचालिका,मोडल तथा गायिका बिष्णु मायाले यो गीतमा मोडल स्माईल धितालसँग अभिनय गरेकी छिन् ।

नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको गायिका पौडेलले बताईन् ।
गीत निकै मिठो बनेको छ । जसमा महेन्द्र बिश्वकर्माको शब्द र बिमल डाँगीको लय रहेको गीतको छ । यो गीतको भिडियोलाई दिपक गिरीले छायांकन गरेका हुन् ।

भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेका छन् । यो गीतको भिडियोमा स्माईल धिताल,बिष्णु माया पौडेल,सरिता राज उपाध्याय,सन्तोष दाहाल लगायतको अभिनय रहेको छ । गीतलाई यतीबेला दर्शकले रुचाएको छन् । भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ ।