सरिता र हिमालयको स्वरमा यसराजको हे गाजली


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन

गायिका सरिता भारतीले आफ्नो नयाँ देउडा भाकाको गीत हे गाजली…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । यस अघि विभिन्न गीत श्रोतामाझ ल्याएकी गायिका तथा मोडल सरिताले बसन्त पञ्चमीको अबसर परेर यो गीतको भिडियो रिलिज गरिएको हो । गीतको अडियो भने हालै सार्वजनिक गरिएको थियो ।

यो देउडा गीतमा सरिता भारती र हिमालयराज (हेमराज भट्ट)को युगल स्वर रहेको छ । गीतको लय पनि हिमालय राजकै हो । यस अघि थुप्रै देउडा गीत गाएका हिमालय र सरिताले हे गाजलीमा युगल स्वर दिएका छन् ।

यस अघि आफुले हिमालयको देउडा गीत हे बैजु…को भिडियोमा अभिनय गरेको गायिका सरिताले बताईन् । सो गीतमा हेरेका श्रोताले आफुलाई देउडा गीत गाउन सल्लाह दिएपछि हिमालयराजसँग यो नयाँ देउडा गीत हे गाजली…तयार गरेर बजारमा ल्याएको पनि गायिका सरिता भारतीले प्रकाश पारिन् ।

हे गाजलीको भिडियोलाई बुढासुब्बा डिजिटल युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ । गीतमा राज सागरको संगीत, टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ । भ्वाईस अफ नेपाल स्टुडियोमा दीप घतानीले यो गीतको रेकर्डिङ र मिक्सिङ गरेका हुन् ।

यो गीतमा अभिनेता यसराज गराचसँग र गायिका सरिता भारती स्वयँ मुख्य भूमिकामा छिन् । गीत निकै मिठो बनेको र आफुले बिगतमा अभिनय गरेको गीतहरु भन्दा केही फरक स्वादको भएकाले हे गाजलीमा अभिनय गरेको अभिनेता यसराजले बताएका छन् । यसराज र सरितासँगै यो गीतको भिडियोबाट मोडल तथा मेकअप आर्टिष्ट बिना रानामगर र जोयल्स बस्नेतले कलाकारको रुपमा डेब्यु गरेका छन् ।
गीतको भिडियोमा रामशरण उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन, श्याम बरालको सृँगार रहेको छ ।

लामो समयदेखि गीत लेख्दै आएका डब्बु क्षत्रीले यो गीत लेखेका हुन् । गीतलाई सुदुर पश्चिमको लवाजमा ढालिएको गीतकार क्षत्रीले बताएका छन् । यो गीतको भिडियो निर्देशन पनि क्षत्रीले नै गरेका हुन् । पछिल्लो समय भेकका गीतहरु निकै रुचाईएकाले आफुले यो गीत तयार गरेको पनि जानकारी गराए ।