छुँदिन म जाले रुमाल…लिएर आए अलिफ खान


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन

पछिल्लो समय सामाजिक सन्जालमा चर्चित एक गायक अलिफ खानको आवाजमा नयाँ गीत ‘छुँदिन म जाले रुमाल…’ सार्वजनिक गरिएको छ । सार्बजनिक गीतलाई द डिभाईन म्युजिकले प्रस्तुत गरेको हो । सार्वजनिक भएको गीतमा नारायण काइलोको शब्द तथा अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको छ । इन्जमाम अलि खान र श्रेया सिटौलाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।

उक्त गीत युटूब मा सार्वजनिक भएको ८ घण्टामै युटुबको ट्रेन्डीङ्गमा आउन सफल भएको छ ।

बिशेष गरी भिडीयोमा देखाइएको कथावस्तु र दर्शकले असाध्यै रुचाएका छन् । सूफी जनरामा बनाइएको यस गीतको भिडियोलाई अहिलेका चल्तीका भिडियो निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । निर्देशक कार्की विगत १ दशक देखि भिडियो निर्देशकको रुपमा कार्यरत छन् ।

कार्कीले निर्देशन गरेका पछिल्ला म्युजिक भिडीयोहरुमा नबोली नबोली, काले केटा २, माकुरी, केटो अलि कमाउने होस, त्यस्तै त्यस्तैमा, माया नयनी ताल, कान्छी मट्याङ ट्याङ, मेरो देश नेपाल, मैले बोलेको छैन ढाटेर लगायतका भिडियोहरु सर्वाधिक सफल छन् ।

म्युजिक भिडीयोमा निर्देशक कार्कीको कामलाई भिडीयो हेर्ने दर्शकले धेरै रुचाउने गरेका छन् । गीतको भावलाई बुझेर सोही अनुसारको भिडीयो बनाउन सिपालु निर्देशक कार्की नेपालमा व्यवसायिक रुपमा सफल भएका निर्देशक को सूचीमा पर्ने गर्छन ।