राहुल रक्सको स्वरमा आयो तिमी रिसाउँदा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ फागुन

गायक राहुल रक्सको आवाजमा रहेको नयाँ गीत तिमी रिसाउँदाको भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको छेको पारेर अवसर पारेर सार्वजनिक गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमन क्षत्री र अर्नबीको अभिनय रहेको छ । रिसाएकी प्रेमिकालाई फकाउने भाव रहेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुबेदीको रहेको छ । सागर प्रधानले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ले कलर संयोजन गरेका छन्।