ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

नव गायक रम श्रेष्ठले नयाँ गीत मायाँ गर्नु पर्दैन…को भिडियो दर्शकमाझ ल्याएका छन् । बियोगान्त भावको यो गीतलाई सुवर्ण कुमार श्रेष्ठले लेखेका हुन् । जसमा संगीत र भिडियो सम्पादन, छायाँकन पनि सुवर्ण कुमारकै रहेको छ ।

त्रिकोणात्मक प्रेम भावमा यो गीत तयार पारिएको छ । गीतको भिडियोलाई हाईलाईट्स नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा एक युवतीको दुई युवासँग समानान्तर प्रेमले त्यसले निम्त्याएको समस्या देखाईएको छ ।

गायिका तथा मोडल विशाखा गिरीसँग यो भिडियोमा अजय नगरकोटी र अभी सुनुवारले अभिनय गरेका छन् । भिडियोमा यी तीन पात्रको त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ । अजय र अभीको यो डेब्यु भिडियो हो । जसमा गीताञ्जली योगीको मेकअप रहेको छ ।

डब्बु क्षत्रीको निर्देशनमा तयार भएको यो भिडियोले यतीबेला दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । नवोदित गायक भए पनि रामको स्वर निकै मिठास छ । उनको गायन शैली कुनै व्यबसायिक गायक भन्दा कम छैन ।