प्रणय दिवसमा जिन्दगी तिम्रो र मेरो गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

प्रणय दिवसको अवसर पारेर प्रेमिल गीत ’जिन्दगी तिम्रो र मेरो …’ गीतको भिडियो दर्शकमाझ आएको छ । सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द , दीपक सिलवालको संगीत रहेको छ भने यसमा शिव परियार र बानीका प्रधानले स्वर दिएका छन् । गीत बनेको शब्दलाई संगीतको मिठास अनुसार नै शिव र बानीकाले स्वर राखेका छन् । भिडियोलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भाव अनुसार तयार गर्ने कोसिश गरेको निर्देशक भट्टराईले बताए ।

फेब्रुअरी १४ मा सार्वजनिक गरिएको गीतमा दुइ पुस्ताको प्रेम दुनियालाई देखाईएको छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन ।

’हामीले पुस्तान्तरण भए पनि जिन्दगीमा रहने प्रेमको महत्वलाई देखाउने प्रयास गरेका छौँ ’ निर्देशक भट्टराईले भने ,’गीतमा दुइ पुस्ताको प्रेम प्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । उनले पनि कोरियोग्राफीलाई शब्दको भाव अनुसारनै सरल किसिमले प्रस्तुत गरेको बताइन ।

गीतमा पासांग टि शेर्पाको आर्ट निर्देशन , महेश पौडेलको डिओपी , कृष्ण भण्डारीको कलर करेक्सन , दिर्घ खड्काको सम्पादन , रिवाज कार्कीको भिएफएक्स छ ।