निल डेभिडको काठमाडौंमा फेरी अर्को सलुन


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

मासिक २ देखि ३ वटासम्मा सलुन खोलेका हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले भ्यालेन्टाइन्स डेको अवसर पारेर काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा नीलडेभिड्स लाउञ्ज उद्घाटन गरेका छन् । सो उद्घाटनसँगै आफ्नो सलूनमा केश कटिङ तथा सौन्दर्य सम्बन्धि प्रत्येक कार्यबाट संकलन भएको शूल्कमा कम्तिमा दश रुपैयाँ देखि बढिमा पचास रुपैयाँसम्म रकम छुट्याउने घोषणा गरे ।

‘त्यसरी छुट्याइएको रकमबाट गरिवीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरुको शिक्ष्ाँमा लगानी गरिने छ’, कटवालले सन् २०२२ देखि नीलडेभिड्स फाउण्डेनसमार्फत उक्त अभियानले देशव्यापी स्वरुप प्रदान गरिने जानकारी समेत दिएका छन् ।

भ्यालेन्टाइन्स डेको अवसर पारेर नीलडेभिडको नया“ लाउञ्ज सलनू काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको दोस्रो तल्लामा सञ्चालनमा आएको नीलडेभिड्स लाउञ्जको उद्घाटन विभिन्न विधामा विशिष्टा हासिल गरेका नारीहरुले संयुक्त रुपमा रिबन काट्दै गरेका छन् ।

महिला शसक्तिकरणलाई जोड दिने उदेश्यले यो लाउञ्जको सीएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री सरिता लामिछाने, गायिका ईन्दिरा जोशी, सञ्चारकर्मी तथा मिस नेपाल सुगरिका केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै माइती नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी अनुरोधा कोइरालाले नीलडेभिड कटवालले आफ्नो संस्थाका दुई दर्जनभन्दा बढी महिलाहरुलाई व्यूटिसियनको प्रशिक्षण दिएर रोजगारीसमेत दिइरहेको धन्यवाद व्यक्त गरिन् ।

‘कपाल काटेको शुल्कबाट १०–१० रुपैयाँ संकलन गरेर गरिव बालबालिकाहरुलाई पढाउने जुन योजना आज सार्वजनिक गरिएको छ, त्यो निकै उदाहरणीय छ, कोइरालले नीलडेभिड आफैं आएर माइती नेपालका चेलीहरुलाई निशुल्क प्रशिक्षण दिने र रोजगारी प्रदान गर्ने प्रस्ताव राखेको दिन आफूले कहिले नबिर्सने बताइन् ।

समारोहमा सुगरिका केसी, ईन्दिर जोशी, सरिता लामिछाने लगायतले नीलडेभिड्ले महिला सशक्तिकरणलाई जोड दिएको वधाइ ज्ञापन गर्दै हरेक व्यक्तिको व्यक्तित्व निखार्न कटवालले दिएको योगदानको प्रशंसा गरे । यो लाउञ्ज सलूनमा हेयर स्टाइलिसका लागि एपोन्टमेन्ट लिएर प्राइभेट लाउञ्ज नै बुक गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।