सुमिका र मोनिका ग्रान्ड सिँगिङ आईडलमा उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ

गायनमा उत्कृष्ट प्रतिभा चयनका लागि अनलाईनबाटै अडिसन लिएर आयोजना गरिएको प्रतियोगिता ग्रान्ड सिँगिङ आइडल २०२० को बिजेता घोषणा गरिएको छ । यो प्रतियोगितामा खुला गायन प्रतिस्पर्धा तर्फ सुमिका सदर उत्कृष्ट भएकी छिन् ।

आर के इन्टरटेन्मेन्टले खुला रुपमा आयोजना गरेको सो प्रतियोगितामा बाल बालिकाबीच पनि गायन प्रतियोगिता भएको थियो । अनलाईन मार्फत गरिएको सो प्रतियोगितामा गायन तर्फ मोनिका तामाङले ग्रान्ड सिँगिङ आईडलको उपाधि जितेकी छिन् ।

खुला तर्फ फस्ट रनर अपको उपाधि आसिका गौतमले, सेकेन्ड रनरअपको उपाधि इसान्त तब्दारले, थर्ड रनरअपको उपाधि अबनम खानले र फोर्थ रनर अपको उपाधि ऋतिका माझीले जितेका छन् ।

यस्तो बालबालिका तर्फको सो प्रतिस्पर्धामा फस्ट रनर अप सुमिना हुमागाई, सेकेन्ड रनर अप मिनिसा तामाङ, थर्ड रनर अप सरला श्रेष्ठ, फोर्थ रनरअप कला राई र फिप्थ रनरअप सुस्मा तामाङ बनेका छन् ।

कार्यक्रम आयोजक राम केसी ‘लक्की’ले गायनमा लाग्न चाहेका बालबालिका तथा विभिन्न उमेरका व्यक्तिहरुलाई यो क्षेत्रमा ल्याउन आफुहरुले यो प्रतियोगिता आयोजना गरेको बताए । बिजेताहरुलाई अभिनेता राजेश हमाल, मोडल उरुषा जोशी लगायतले पुरस्कार प्रदान गरेका छन् ।
यो गायन प्रतियोगिताका निर्णायकहरुमा बरिष्ट गायक आनन्द कार्की, चर्चित सँगीतकार सरोज प्याकुरेल,  गायिका सरिता भारती, अग्रज गीतकार मिनसागर लामा, राजेश थपलिया, आरबी लामा स्याङतान र गायिका डिका गुरुङ थिए ।

यस्तै आर के इन्टरटेनमेन्टले नै नृत्य प्रतियोगिता पनि आयोजना गरेको थियो । नृत्य तर्फको खुला प्रतियोगितामा प्रत्युसा सुवेदी उत्कृष्ट भए । यस्तै फस्ट रनरुअप निभा शाक्य, सेकेन्ड रनरअप प्रनिता गुरुङ, थर्ड रनरअप मोनिका सुनुवार र फोर्थ रनरअप सँगिन राई भएका छन् ।
यो नृत्य प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक भुवन श्रेष्ठ, रञ्जना श्रेष्ठ, राजिब बलामीलगायत थिए ।

सो प्रतियोगितामा बालबालिका तर्फ अभिमा तामाङ उत्कृष्ट भएकी छिन् । यसमा फस्ट रनरअप आयु खात्री, सेकेन्ड रनरअप कृति श्रेष्ठ, थर्ड रनरअप ताभिसा तामाङ र फोर्थ रनरअप प्रेयान्सु न्यौपाने भएका छन् ।