बिस्तारै बिस्तारै प्रेममा यशराज र एलिजा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

अभिनेता यशराज गराच र अभिनेत्री एलिजा गौतम सँगीतिक भावमा विस्तारै विस्तारै भन्दै प्रेमी प्रेमिकाको रुपमा प्रेममा परेर दर्शकमाझ आएका छन् । नयाँ गीत ‘बिस्तारै बिस्तारै’ मा यी दुई कलाकार जोडी बनेर प्रस्तुत भएका हुन् ।

यो गीतको भिडियो यतीबेला सार्वजनिक गरिएको छ । यो गीतलाई प्रताप दास र कविता श्रेष्ठले गाएका हुन् । गीतको रचना राजेश कुमार श्रेष्ठ, संगीत एलिस कार्कीको हो ।

गीत निकै कर्णप्रिय र रोमाञ्चक बनेको छ । इलाम, झापा र आसपासको निकै सुन्दर दृष्यमा यो गीतको भिडियो छायाँकन गरिएको छ । निर्देशक गोविन्द राईले भिडियो निकै आकर्षक बनाएका छने । गीतको भिडियोमा यशराज गराच र एलिजा गौतमको जोडी निकै सुहाएको छ ।

यो गीतको भिडियो छायांकन, सम्पादन तथा कलरिङ दिपेन बस्न्यात गरेका हुन् । जसमा कलाकारको शृङ्गार अनिता ग्वाचा, कोरियोग्राफी ज्ञानु सुब्बाले गरेका छन् । भिडियो गोबिन्द राईको आफ्नै युट्युव च्यानल ईन्टरटेनमेन्ट प्रालि मार्फत सार्वजनिक गरिएको छ ।