पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढ्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपालमा पनि बुधबार मूल्य बढाईएको छ ।

नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ र २ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल ११२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

यसैगरी निगमले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाएको छ । अब प्रति सिलिन्डर एक हजार ४०० रुपैयाँ पुगेको छ ।

निगमले अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको बिज्ञप्ति मार्फत जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।