चन्द्रप्रकाश बानियाँको भौज्याहालाई ५० हजारको रत्न श्रेष्ठ पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ

रत्न श्रेष्ठ पुरस्कार घोषणा भएको छ । शान्ति निरुपक मण्डलले यस वर्षको लागि प्रदान गरिने यो पुरस्कारको निर्णय सार्वजनिक गरेको हो ।
२०७७ का लागि रत्न श्रेष्ठ पुरस्कारका लागि प्राप्त ३५ वटा कृति मध्ये शान्ति निरुपक मण्डलले उत्कृष्ट कृति छनौट गरेको हो । जसमा चन्द्रप्रकाश बानियाँको निबन्ध सङ्ग्रह “भौज्याहा”लाई ५० हजार रुपैयाँ सहित रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तै डा. प्रमोद ढकालको पूवीर्य दर्शनको पुर्नव्याख्यालाई २५ हजार रुपैयाँ सहित रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार, महेश्वर पन्तको उपन्यास “फुर्लुङ”लाई १५ हजार रुपैयाँ सहितको धवलागिरी प्रतिभा पुरस्कार प्रदान गर्ने समितिले जनाएको छ ।

समितिका अनुसार रत्न श्रेष्ठ पुरस्कार यही २०७७ फागुन ७ गतेका दिन स्व.रत्नकुमारी श्रेष्ठको ११३ औँ जन्मजयन्ती तथा ४४ औँ स्मृति दिवसका दिन प्रदान गरिने भएको छ ।