ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ,

अन्तत बर्तमान सरकारले बैशाखमा मध्यावधी निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको आगामी २०७८ वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय यो सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । हुन त प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सोही अनुसार आगामी वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका एक मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

संसद विघटनको निर्णयलगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन भने यता सँसद व्युताउन परेका विभिन्न रिटमाथि सर्वोच्च अदालतमा केही दिन यताबाट बहस जारी छ ।हुँदै आएको छ । तथापि सरकारले बैशाखमै निर्वाचन गर्ने निर्णय सहित निर्वाचन आयोगलाई तयारीमा जुट्न निर्देशन दिईसकेको छ ।