राजेशले प्रदान गरे अभिनेत्री करिश्मालाई महानायिकाको उपाधि


ब्युटी न्युज नेपाल/सरिता भारती 
काठमाडौं, २५ माघ

अभिनेता राजेश हमाललाई यहाँहरुले लामो समयदेखि महानयकको रुपमा सम्बोधन गर्दै आउनु भएको छ । यता धेरै फिल्ममा उनको जोडी भएकी नायिका करिश्मा मानन्धरलाई महानायिका घोषणा गरिएको छ । त्यो पनि महानायक राजेश हमालले नायिका करिश्मा मानन्धरलाई महानायिकाको स्यासे लगाईदिएर यो महानायिकाको उपाधि दिएका छन् । अभिनेत्री करिश्मा मानन्धरले २०४५ सालमा चलचित्र ‘सान्तन’बाट नायिकाको रुपमा डेब्यु गरेकी थिईन् ।

उनले चलचित्र बृत्तमा काम गरेको ३२ वर्ष भयो । तीन दशक भन्दा लामो समयदेखि नायिकाको रुपमा अनबरत तरिकाले काम गर्दै आएका र अहिलेसम्मकै सबैभन्दा धेरै सफल चलचित्रमा काम गरेको भन्दै करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको छ ।

अभिनेता राजेश हमालको विशेष आतिथ्य तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के इन्टरट्रेनमेन्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको संस्थाको २० औं वार्षिक कार्यक्रममा करिश्मा मानन्धरलाई महानायिको उपाधि प्रदान गरिएको हो । राजेश हमाल महानायक भएकाले कार्यक्रममा हमालबाटै करिश्मालाई महानायिकाको स्यासे लाउन लगाईयो । यसो गर्दा अझ आधिकारिक हुने आयोजक पक्षको जनायो ।

समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका देखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरियो । उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरे ।

अभिनेता राजेश हमाललाई पनि आफुहरुले महानायकको उपाधि प्रदान गरिएको र उनको जोडी बनेर धेरै हिट फिल्म नेपाली चलचित्र उधोगलाई दिएकी अभिनेत्री करिश्मा मानन्धरलाई सोही कारण महानायिकाको उपाधि प्रदान गरिएको सो संस्थाका अध्यक्ष राम केसी ‘लक्की’ले बताएका छन् ।