शनिबार द फेस छानिँदै, अन्तिम प्रतिस्पर्धामा २६ प्रतियोगी


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

कोरोना सँक्रमण कम भएसँगै काठमाडौं व्युटीपेजेन्ट तथा फेशन शोहरु बढेको छन् । यसै क्रममा यो शनिबार बेलुका साँढे ५ बजेपछिबाट ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा ‘टी एफ द फेस’ मोडल कन्टेस्टको ग्रान्ड फिनाले हुने भएको छ । यो फिनालेका लागि यतीबेला २६ जना युवा युवतीहरु विभिन्न अभ्यास गरिरहेका छन् । काठमाडौका विभिन्न फेशन इन्टिच्युट र बुटिकले तयार पारेका डिजाईनहरुमा सजेर यी मोडलहरु र्याम्पमा उत्रने भएका छन् ।

यो प्रतियोगितामा सहभागी प्रतियोगीहरुमा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ती चन्द, निश्चल दत्त, सारिका कटवाल, निना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराईली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल रहेका छन् । यस्तै शुशिल चौधरी, बिना महर्जन, निर्माला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्विकृति प्याकुरेल र सितल श्रेष्ठ पनि यो प्रतियोगिताका ग्रान्ड फिनालेमा प्रस्तुत हुँदैछन् ।

उनीहरुलाई मोडल तथा कोरियोग्राफर सृजना रेग्मीले अहिले विभिन्न प्रशिक्षण दिईरहेकी छिन् । यु क्यान फ्लाई अर्थात युसिएफले यो पेजेन्ट आयोजना गरिरहेको छ । कार्यक्रम सँयोजक समीक्षा हुमागाईका अनुसार बिजेताले विभिन्न उत्पादनमा मोडलिङ, र्यम्प शो सहित धेरै अबसरहरु प्राप्त गर्नेछन् ।

यो प्रतियोगिताको टाईटल स्पोन्सरमा क्यान फ्युजन र सानमिगल रहेको छ भने फेसनबार, अपग्रेट, पुना एकेडेमी अफ हेयर एन्ड ब्युटी, बेलुन नेपाल, वल्ड दरबार, ८८४८, खल्ती, पिक भिजन, क्लब फरेनहाईट लगायतको सहयोगमा यो प्रतियोगिता सम्पन्न हुँदैछ । प्रतियोगितामा सहभागीहरुले फिटनेश सोज अन्तर्गत फरेनहाईट क्लबमा आफ्नो फिटनेश शो अप गरेका छन् ।

जसमा उत्कृष्ट तीन बेष्ट फिटनेश पुरुष र उत्कृष्ट तीन बेस्ट फिटनेश महिला मोडल चयन गरिएको छ । जसमा पुरुषतर्फत फिटनेशमा चयन भएकाहरुमा युद्ध बानियाँ, आशिष गिरी र हेमन जोशी रहेका छन् । यस्तै महिला मोडल तर्फ उत्कृष्ट तीन फिटनेशमा कृपा अधिकारी, स्विकृति प्याकुरेल र क्रान्ती चन्द रहेका छन् । यी तीन जना मध्यबाट उत्कृष्ट पुरुष र महिला फटनेश चयन ग्रान्ड फिनालेमा गरिने भएको छ ।