न्युज राजनीति । समाज । अपराध

विवाद बीच संवैधानिक निकायका ५ आयुक्त र २७ सदस्य नियुक्त,


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

अन्तत संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका पदाधिकारीहरु बुधबार नियुक्त गरेकी छिन् । कानुन र राजनीतिक विवाद चलिरहेकै अबस्थामा संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा ५ जना प्रमुख आयुक्त र अध्यक्ष तथा २७ जना आयुक्त र सदस्य नियुक्त गरेको उनको कार्यालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति कार्यालयमा उनीहरुले बुधबार नै सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण समारोहमा उपस्थित नभएका उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सपकोटाले सपथ ग्रहण समारोह बहिस्कार गरे ।

सो नियुक्तीको बिरुद्धमा यता नेपका प्रचण्ड र माधव समुहले बिहिबार आम हडताल गरेका छन् । यो नियुक्तीको नेपाली काँग्रेसले पनि बिरोध जनाएको छ ।