बिहिबार आम हडताल गर्दै नेकपा प्रचण्ड र माधव समुह


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

नेकपा प्रचण्ड र समूहले २२ माघ बिहीबार आम हड्तालको घोषणा गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै सो को विरोधमा आम हड्तालको घोषणा गरेको उनीहरुले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा बताएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका हुन् ।

पत्रकार भेटघाटका क्रममा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको जिकिर गरे । त्यसैले आफुहरु यो हडतालमा उत्रन बाध्य भएको उनको कथन थियो, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’ संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ ।

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले पत्रकारलाई जानकारी गराईन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।