रेजिनाको कसिँगर आयो युट्युवमा

ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ

अभिनेत्री रेजिना उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘कसिङ्गर’ युट्युब च्यानल मार्फत पनि रिलिज भएको छ । धौलाश्री फिल्मको व्यानरमा निर्माण गरिएको फिल्म रेडबर्ड प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्ममा भीमराज पटेल सहनिर्माता तथा जगत पटेल कार्यकारी निर्माता छन् ।

फिल्मका प्रस्तुतकर्ता राजवीर पटेल हुन् ।यो चलचित्रमा रेजिनासँगै राजवीर पटेल, ओम क्षत्री, सुशील पोखरेल, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, सुवास नेपाली, कृपा वली, सम्झना पुन, सम्झना श्रीपाइली, समिक्षा बुर्लाकोटी, राजन भुजेल, विष्णु कार्की, कृष्ण स्याङतान, यम बिसी पुन, डिल पुनलगायतको अभिनय रहेको ।

राजवीरकै कथा, पटकथा र निर्देशन रहेको फिल्ममा यो चलचित्रमा राजन पटेलको सम्पादन, सम्राट सापकोटाको द्वन्द्व, हरि नारायण चौधरीको छायांकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी छ ।