हिमालय अवार्डमा पत्रकार वाग्ले र गिरीलाई रँग पत्रकारिता सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ

पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको छ । विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ समारोहमा यी दुई सञ्चारकर्मीलाई सम्मानित गरिएको हो ।

गीता अधिकारी र भीष्मराज फुलाराले सँयोजन गरेको कार्यक्रममा आधुनिक गीत अवार्ड अञ्जु पन्तलाई , आधुनिक गायक अवार्ड शिव परियारलाई, आधुनिक वर्ष गीतकार अवार्ड डा. डीआर उपाध्यायलाई, गीतकार अवार्ड अमर वान्तुलाई, लोक आधुनिक गीतकार अवार्ड जनक रावललाई, आधुनिक गीत रचनाकार अवार्ड हरि उप्रेतीलाई, आधुनिक गीत सङ्गीतकार विकास चौधरीलाई, जुरी अवार्ड सङ्गीतकार सन्तोष श्रेष्ठलाई, राष्ट्रिय गीत अवार्ड गायक चेतन सापकोटालाई, राष्ट्रिय गीत रचनाकार अवार्ड शोभा केसीलाई प्रदान गरिएको थियो ।

यसैगरी लोकगीत मोडल बहिरा कलाकार सुजल बम, इनकरेजमेन्ट अवार्ड बहिरा कलाकार श्रद्धा भुसाल, म्युजिक भिडियो निर्देशक अवार्ड आदित्य बुढाथोकीले, युगल गायन अवार्ड योगश काजी र सारिका घिमिरेले, दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदीले इनकरेजमेन्ट अवार्ड, गायक पदम राईले जुरी अवार्ड, भोजपुरी गायक श्यामकुमार मिश्रा, गायक सुरज पौडेल आधुनिक पप गायक जुरी अवार्ड, धमेन्द्र तिमिल्सिना (क्षितीज)ले गीतकार इनकरेजमेन्ट अवार्ड र गायिका उषा मालाहाले (सिम्रन) नवगायिका अवार्ड प्राप्त गरे ।

सो समारोहमा अवार्ड पाउने अन्यमा विकास थपलिया टेलिभिजन प्रस्तोता, चक्रबहादुर कुवर रेडियो प्रस्तोता, राजकुमार दर्जी सर्वोत्कृट नृत्य निर्देशक, चेतनाथ दंगाल सर्वोत्कृष्ट निर्देशक (लघुचलचित्र निम्तो), मेकअप आर्टिष्ट पुरुष नारायण भट्टराई, सर्वोत्कृष्ट चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ (नेवारी चलचित्र मनु म्हसिकी), मेकअप आर्टिष्ट सुनिता मरासैनी, नायिका सुभेच्छा थापा चलचित्र मखमली, नायिका आशा भुसाल (चलचित्र सर्मपण जुरी अवार्ड) छायाँकार जीवन पराजुली (चलचित्र कालेदाई जुरी अवार्ड), पुरुषोत्तम पराजुली (इन्करेजमेन्ट अवार्ड (चलचित्र बीचबाटो), ज्याक श्रेष्ठ हास्य अभिनेता (चलचित्र चंगा चेट), सोफिया बज्राचार्य नव मोडल, कपिलराज गिरी गीतकार इन्करेजमेन्ट अवार्ड (जति मन पराउ), शान भुसाल (सङ्गीतकार जति मन पराउ), इनु थापा फेशन डिजाइनर, शेखर खनाल हास्य कलाकार, हरि यादव ग्राफिक डिजाइनर, खेमराज फुलारा छायाँकार (वृतचित्र), छब्बु कार्की मेकअप आर्टिष्ट थिए ।

कार्यक्रममा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतिक, निर्देशक राजु गिरी, राष्ट्र सेवक कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता वस्नेतलाई सम्मान गरियो । कीर्तिमानी सम्मानबाट निर्देशक माधवराज खरेल, कमला कुमारी जोशी, पूर्णबहादुर राईलार्ई सम्मान गरियो ।

विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौलालगायत अतिथि थिए ।