भिडियोमा बिक्रम र मेलिनाको मायाँ लाउँकी…


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ माघ

माया लाउँ की गीतको भिडियो सार्वजनिक भएको छ। नेपाल आइडल सिजन २ बाट चर्चामा आएका विक्रम बराल र मेलिना राईको स्वरमा रहेको गीतमा नाजिर र सुमी मानन्धरको जोडी देख्न पाइन्छ ।

एस स्टडी वल्र्डको प्रस्तुतीमा बनेको यो गीतमा प्रदीप चापागाँईको शब्द तथा कल्याण सिंहको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। रक पप शैलीमा गीत गाएर चर्चामा आएका विक्रम बरालले यस गीतमा फरकपन शैलीमा गाएका छन्। जुन कुरा दर्शक श्रोतालाई मन परेको प्रतिक्रिया दिएका छन् ।

नाजिर हुसेन र सुमी मानन्धर अभिनित यो गीतको भिडियोलाई दीपक प्रसाद आचार्य काकुले निर्देशन गरेका हुन् । पवन सुस्लिङले खिचेको भिडियोलाई पवन स्वयम्ले सम्पादन तथा भिएफक्स गरेका हुन् । गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ । गीतलाई रचनाकार प्रदीप चापागाईँको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।