अग्रज गायक ध्रुब केसीको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ माघ

अग्रज गायक ध्रुव केसीको ७५ वर्षको उमेरमा आज दिउँसो ४ः३० बजे निधन भएको छ । उनको ललितपुरको भैंसेपाटी स्थित अर्किेट केयर सेन्टरमा उपचार गर्ने क्रममा निधन भएको हो । उनी केही समयदेखि पार्किन्सन रोगबाट ग्रस्त थिए ।

दिवँगत केसीको बिहिबार बेलुका काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका परिवारमा श्रीमती र तीन छोरी रहेका छन् । ध्रुव केसीले २०२० साल तिरबाट गायन यात्रा सुरु गरेका हुन् । उनी नारायण गोपाल, शिब शँकर, प्रेमध्वज प्रधान, बच्चु कैलास, गोपाल योञ्जन, तारा थापा, मिरा राणा लगायतका गायक गायिकाका समकक्षी थिए । यी थुप्रै गायिकासँग उनले सँयुक्त रुपमा गीत गाएका थिए ।

मायाँलु हजार हुन्छन…, दाई त कालो रेलको धुवाँले…, एक फेर हाँसेर…जिउँदै मर्ने जिन्दगीमा…., तिम्रो मायाँ कागजको फुल जस्तो…, प्रेम के जानोस…, बगी जाने खोला…, नरोउ नरोउ सांईली…जस्ता कैयौं गीतहरु लोकप्रिय छन् ।