अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं ७ माघ

लोक तथा दोहोरी गायक रत्न बानियाँको ५८ वर्षको उमेरमा बुधबार बिहानी पख निधन भएको छ । काठमाडौको ओम अस्प्तालमा मृगौला सम्बन्धि उपचार गराउँदै आएका उनको सोही अस्पतालमा निधन भएको हो । केही वर्षदेखि उनी उच्च रक्तचाप, मधुमेह र दुबै मृगौलाको समस्याबाट पीडित थिए ।

उनको बुधबार मध्यान्नमा पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनका परिवारमा श्रीमती एक छोरा, एक छोरी छन् । स्याङजाको फेदीखोलाका बानियाँले २०४५ तिरबाट रेडियो नेपालमार्फत गायन यात्रा सुरु गरेका थिए । हालसम्म उनले पाँच सय भन्दा बढी गीत गाईसकेका छन् । एक समयको व्यस्त रेकर्डिङ स्टुडियो ‘झरना संगीत’ का उनी स्थापक थिए ।

उनी नेपाल प्रहरीमा समेत थिए । प्रहरीबाट अबकाश प्राप्त गायक बानियाँका लडाईको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल जस्ता सयौं गीतहरु चर्चाको शिखरमा छन् ।