भिडियोमा कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘यो मायाको डोरो’


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ माघ

गीत संगीतबाटै गिनिज अफ वल्र्ड देखि धेरै वटा विश्व कीर्तिमानी राखिसेका गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ को भिडियो बजारमा आएको छ । गीत निकै कर्णप्रिय छ ।

गीतमा मेलिना राई र राजनराज तिमिल्सिनाको स्वर रहेको छ । गीतमा संगीत राजनराजले गरेका हुन् । प्रज्वलराज शाक्यको निर्देशन रहेको गीतको भिडियोमा अन्जु सुनार तथा सन्दिप सुवेदीको अभिनय रहेको छ । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखि सकेका छन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।