ब्युटी न्युज नेपाल
काठमाडौं, ४ माघ

निर्देशक सुव्रतराज आचार्यद्धारा निर्देशित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । एसजी मेलोडी यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया किन मोडियोु गीतमा सुदन गैरेको स्वर र संगीत रहेको छ भने किरण घिमिरे ‘माइकल’ को शब्द सिर्जना छ । गीतको भिडियोमा नाजिर हुसेन र रेश्मा घिमिरेको अभिनय छ ।

प्रतिमा शर्माले निर्माण गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् । उत्सव दाहालले खिचेको भिडियोको स्क्रिप्ट निर्देशक आचार्यका छोरा तथा कलाकार साइव्रत आचार्यले तयार पारेका हुन् । उनी यस भिडियोका सहायक निर्देशक पनि हुन् । भिडियोको कन्सेप्ट भने गायक गैरे स्वयंको हो । भिडियोमा नाजिर र रेश्माबीचको मित्रता देखाइएको छ । भिडियोमा मुस्कान शाह र एलिश खनालको सह(अभिनय रहेको छ भने बालकलाकारहरु साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ । भिडियोको सम्पादन तथा कलर ग्रेडिंग बिकास दाहालको रहेको छ भने प्रडक्शन म्यानेजर दिपेन गौतम ुमाईकल हुन् ।

करीब एक दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका गायक गैरे ‘माया किन मोडियो’ फरक बनाउने कोशिश गरेको बताउँछन् । यो गीतको ट्यून लकडाउनको समयमा घरमा बस्दा बनाएको उनको भनाई छ । उनी भन्छन्, ‘मैले गीतको शब्द पनि सुरु गरेको थिए । पछि किरण घिमिरे ‘माइकल’ भाईले बाँकी शब्द लेखेर दिनुभयो । त्यसपछि मैले यो गीत बनाएँ ।’ यो गीतको अडियो र भिडियो अहिले बजारमा चलेका गीतभन्दा फरक बनाउने कोशिश गरेको उनको कथन छ ।
अहिलेसम्म गायक गैरेले तीनवटा एल्बम निकालिसकेका छन् । २०५५ सालमा साथीहरुसँग मिलेर ‘तरेली’ एल्बम निकालेका उनले २०६५ सालमा दोस्रो र २०७० सालमा तेस्रो एल्बम निकालेका थिए । पछिल्लो समय भने उनले सिंगल गीत नै गरिरहेका छन् । उनी नेपाली सांगीतिक क्षेत्रमा लागेको नै २० वर्ष भइसकेको छ । तर, म्यूजिकमा पूर्ण रुपमा लाग्न नपाएकोमा उनलाई पीडा पनि छ ।

उनी भन्छन्, ‘म १२ वर्ष अगाडि अमेरिका आएपछि म्यूजिकलाई चाहे जति समय दिन सकिनँ । तर, म्यूजिकबाट टाढा बस्न पनि सकेको छैन ।’ सानैदेखि म्यूजिक मनपर्ने भएकाले केही गर्नुपर्छ भन्ने सधैं लागिरहेको उनले बताए,‘हामी सबै एक दिन मरेर जानै पर्छ । तर, नाम चाहिँ कहिले पनि मर्दैन । त्यो एउटा कुराले मलाई जहिले पनि छुन्छ । त्यसैले पनि म्यूजिकमा केही गरिरहेको छु ।’