ब्युटी न्युज नेपाल
काठमाडौं, २ माघ

गीतकार अनिश घिमिरेले नयाँ गीत ‘ओए प्यारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर छ ।

गीतलाई युवा संगीतकार अनिल बिरहीले संगीत दिएका छन् । ‘रुमाल चिनो छ, सुन्दर नेपाल ,चाँदनी,इलाम बजार ,हाँस्य खोजे जस्ता विभिन्न गीतमा संगीत भरेका अनिलको यो पछिल्लो सार्वजनिक भएको गीत हो। ‘ओए प्यारी’ बोलको गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ ।

गायिका एलिना चौहानकै युट्युवबाट सार्वजनिक भएको छ । गीतमा एक प्रेम जोडीको प्रेमिल भाव व्यक्त गरिएको छ। पियारीलाई घरमा बस्न र आफु जन्ती लिएर आउने कुरा गीतमार्फत प्रेमिकालाई गीत मार्फत भनिएको छ ।

खोटाङका गीतकार अनिशले गीतको भाव अनुसार नै गायक गायिका चुज गरिएको बताए। उनले भने,‘गीतहरु थुप्रै लेखेको छु। तर, असाध्यै मन परेको शब्दलाई गीत रेकर्ड गरेको हो। दर्शक तथा स्रोताले मन पराइरहनुभएको छ। यसैमा खुसी रहेको छु। केहि गीतहरु रेकर्डकै क्रममा रहेको समेत उनले सुनाए ।

गीतको म्युजिक भिडियोमा टीका जैसी र अज्ञात सायरले अभिनय गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् ।