समाजसेवी गायक पूर्ण लिम्बुले ल्याए सोल्टिनी…


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ पुष

गायक पूर्ण लिम्बुले आफ्नो स्वरमा नयाँ गीत सोल्टिनी…बजारमा ल्याएका छन् । उनलाई यो गीतमा युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । गायक पूर्णले यो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

समाज सेवी गायकका रुपमा परिचित लिम्बुको यस अघि थुप्रै गीत सार्वजनिक भई सकेका छन् । उनको यो नयाँ गीतलाई यतीबेला दर्शकले निकै रुचाएका छन् । प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको यो गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन छ।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङको अभिनय रहेको छ । यी दुईको जोडी यो गीतमो निकै राम्रो देखिएको छ । सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सन्तोष शाहले सम्पादन तथा जुनीम गहतराजको कलर संयोजन रहेको छ ।