ब्युटी न्युज नेपाल
काठमाडौं, २७ पुष

सामाजिक अभियान्ता एबम् समाजसेवी सुमित्रा बस्नेता सम्मानित भएकी छिन् । उनी द नेशलन हिरोज सम्मानबाट सम्मानित भएकी हुन् ।
सामाजिक क्षेत्रबाट निरन्तर रुपमा विभिन्न योगदान पुर्याएको भन्दै द क्रियर्टस समुहका तर्फबाट पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधी शखिलाराज रेग्मी द्वारा समाजसेवी सुमित्रा बस्नेतलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयंन्तीको अवसर परेर द क्रियर्टस समुहले काठमाडौंको चन्द्रागिरी स्थित चन्द्रागिरी हिलमा सोमबार एक भब्य समारोहबीच नेशनल क्रियटर्स अवार्ड २०२० को आयोजना गर्यो ।सामाजिक अभियान्ता सुमित्रा बस्नेतलाई सोही अवार्ड समारोहमा द नेशलन हिरोज सम्मानबाट सम्मानित गरिएको हो ।

बिगत दुई दशकदेखि निरन्तर रुपमा सामाजिक कार्यमा लाग्दै आएको र सामाजिक अभियानमा ठुलो योगदान दिएको भन्दै बस्नेतलाई सम्मान गरिएको सो कार्यक्रममा आयोजक पक्षले जनायो ।

महिला ससक्तिकरणबाट सामाजिक क्षेत्रमा लागेकी समित्राले विपन्न विधार्थीलाई छात्राबृत्ति, अनाथालय सञ्चालन, साँस्कृति क्षेत्रको सँरक्षण, विपन्नलाई रोजगार, धार्मिक कार्यमा योगदान, स्वास्थ्य सेवा सहित विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएकी छिन् ।