३६ विधामा प्रदान गरियो सातौं संकरणको छायाँछबि तिज म्युजिक अवार्ड 


ब्युटी न्युज नेपाल

काठमाडौं, २८ पुष

गत भदौमा आयोजना गरिने भनिएको सातौं छायाँछवि तीज म्यूजिक अवार्ड –०७७ मँगलबार काठमाडौंमा एक समारोहबीच प्रंदान गरिएको छ । त्यतिबेला लकडाउनका कारण अवार्ड प्रदान गर्न नसकिएको र सो अवार्ड यतीबेला अबस्था सहज भएपछि प्रदान गरिएको आयोजक संस्था छायाँछबि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । यो अवार्ड विभिन्न ३६ विधामा प्रदान गरिएको छ । २८ विधामा प्रतिस्पर्धामुलक अवार्ड र ५ वटा अवार्ड क्रिटिक्स, पब्लिक च्वाईस र इनकरेजमेन्ट विधामा प्रदान गरिएको छ ।कार्यक्रममा रंग पत्रकार राधिका अधिकारीलाई पाँच हजार रुपैयाँ सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

छाँयाछवि क्रियशनका अध्यक्ष समेत रहेका शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष समेत रहेका चलचित्र निर्देशक दयाराम दाहालप्रमुख अतिथिको रुपमा थिए भने गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार डव्वु क्षेत्री, प्राज्ञ ज्योती वि.क., अभिनेता श्रीदेव भट्टराई लगायतका अतिथिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । तीज म्यूजिक अवार्डको संयोजक गीता अधिकारी रहेकी थिईन भने राम ढकाल, दिपक थापा लगायत आयोजक समितिमा रहेका थिए । पत्रकार सुमन वैरागीले कार्यक्रलाई संचालन गरेका थिए ।

अवार्ड विजेताहरु यसप्रकार छन् ः
१. उत्कृष्ट तीज गीत एरेञ्जर
मनोज राजभण्डारी ः ढाकाको चोलीमा
२. उत्कृष्ट तीज गीत मिक्सिङ
भोला पौडेल ः आयो तीज
३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
आयुषा गौत ः विधुवा
४. उत्कृष्ट तीज गीत  गायिका
सरीता भारती ः रातो सारी लरक्कै


५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
मिलन विश्वकर्मा ः बरी लै माईतीको आगन
६. उत्कृष्ट तीज गीत सम्पादक
विरेन्द्र भाट विपिन ः सम्झायो माइतिघर
७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
मुकेश हुमागाई ः रातो रातो सारी
८. उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मी ः चट्टटै माया फरर
९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
रोविन पोखरेल ः रातो रातो सारी
१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा बी.सी. ः पीर नभाको
११. उत्कृष्ट तीज गीत मोडल
नन्दा बस्याल ः हाम्री संगीनी
१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
मानसिंह खड्का ः बुहारी –३
१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र बसेल ः सुरक्षित तीज
१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
राजकुमार मगर ः बुट्टा भरेको
१५. युगल तीज गीत
सुजाता के.सी.÷रोजी श्रेष्ठ ः सलहका बगाल
१६. तीज गीत युगल मोडल (मौलिक)
नितु कोइराला÷सुशीला थापा ः नाचौं न नाचौं न
१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
राजकुमार फिल्मस् ः नक्कले भिनाजु –४
१८. उत्कृष्ट तीज गीत कम्पनी
एस. थ्रि. के. इन्टटेनमेन्ट ः चेलीको बेदना
१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
लोकराज अधिकारी ः आयो तीज
२०. उत्कृष्ट तीज गीत शब्द
दयाराम पाण्डेय ः सुरक्षित तीज
२१. उत्कृष्ट तीज गीत मौलिक शब्द
शुष्मा देवकोटा ः भेल्वेटको चोली
२२. उत्कृष्ट तीज दोहोरी गीत लय
हेम श्रेष्ठ ः नाच्न आकी छु
२३. उत्कृष्ट तीज गीत लय
योगेश काजी ः बजाउँदै चुरा
२४. उत्कृष्ट तीज दोहोरी गीत गायक
सुर्य खड्का ः सलह किराले
२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
टीका सानु ः बुहारी–३
२६. उत्कृष्ट तीज गीत गायिका
मञ्जु थापा ः यसपाली तीजैमा
२७. उत्कृष्ट तीज गीत मौलिक गायिका
कला लम्साल ः पातली –२, ऐना हेरी हेरी
२८. उत्कृष्ट तीज मौलिक गीत
अनिता चलाउने ः यस्तो बनोस् मेरो तीज
२९. जुरी अवार्ड (तिज गीत गायिका)
सञ्जु लम्साल ः हाम्री संगिनी
३०. जुरी अवार्ड (तीज मौलिक गीत यसगल मोडल)
शुशिला थापा ः सलहका बगाल
३१. जुरी अवार्ड (तीज गीत भिडियो निर्देशक)
सुर्य चन्द ः छम् छम् बजाउँदै चुरा
३२. पब्लिक च्वाईस अवार्ड (तीज दोहोरी गीत भिडियो निर्देशक)
देवेन्द्र कुवर ः बिधुवा
३३. पब्लिक च्वाइस अवार्ड (तिज दोहोरी गायिका)
सिर्जना खत्री हाउडेमाया ः छड्के तीलहरी
३४. इनकरेजमेन्ट अवार्ड (उत्कृष्ट तीज दोहोरी गीत गायक)
कमल बी.सी. ः लुती (साडी सुतीको)
३५. सामाजिक सन्देशमूलक गीत
गरीमा ज्ञावाली ः सुरक्षित तीज
३६. उत्कृष्ट मोफसल तीज गीत
श्री नगर फिल्मस् ः कोरोना र लकडाउन