ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुष

गायक सुवर्ण कुमारले आफ्नो स्वरमा नयाँ गीत पहिले थियौ…को भिडियो बजारमा ल्याएका छन् । यो गीत त्रिकोणात्मक प्रेममा आधारित छिन् । आफ्नी प्रेमीका अरुसँगै लागेपछि एक युवाले भोगेको पीडालाई गीतसँगै भिडियोमा उतारिएको छ ।

यो गीतमा सुवर्ण आफैंले लेखेका हुन् । जसमा संगीत पनि सुवर्णकै रहेको छ । भिडियोमा पनि सुवर्ण आफैं मुख्य भूमिकामा छन् । उनीसँगै भिडियोमा एलिशा अधिकारी र महेश घिमिरेको अभिनय रहेको छ ।

अनिषले खिचेको यो गीतको भिडियोलाई भिडियो क्राफ्टको डेस्कटपमा सम्पादन गरिएको छ । भिडियोको निर्देशन दुर्गा खवास अर्थात हैरानेले निर्देशन गरेका हुन् । गीतको भिडियो पनि भिडियो क्राफ्ट च्यानलबाटै रिलिज गरिएको छ । भिडियोमा गिताञ्जली योगीको सृँगार रहेको छ ।