किर्तिमानी गीतकार उपाध्यायले ल्याए नयाँ गीत तिमी भित्रै…


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुष

गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै’को भिडियो दर्शकमाझ आएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् ।

किर्तिमानी गीतका उपाध्यायको यो गीत मनोजराज शिवाकोटीको स्वरमा रहेको छ । गीतमा सागर अधिकारी ‘शरद’को संगीत छ ।
उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् । सयौं गीतका सर्जक डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।

उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् ।

डा. उपाध्यायका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।
उनको यो नयाँ गीतको मनोज ओली, सम्झना खत्रीसँगै निर्दोष पोखरेलको अभिनय रहेको छ । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोको छायाँकारमा प्रमोद श्रेष्ठ, सम्पादनमा टेकेन्द्र शाह छन् ।