प्रविन र रचनाको स्वरमा आउ है कान्छी


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ पुष 

संगीतकार अर्जुन पोखरेलको संगीतमा अर्को नयाँ गीत आउ है कान्छी…को भिडियो यतीबेला बजारमा आएको छ । यो गीतलाई प्रबिन बेडवाल र रचना रिमालले गाएका हुन् । यो गीतको शब्द उदास लामाले लेखेका हुन् । यो गीतको भिडियोमा मदन रोकाया र सरस्वती खत्रीको अभिनय रहेको छ । यी दुईको जोडी यो भिडियोमा आकर्षक देखिएको छ । ए प्लस स्टुडिओमा रेकर्डिङ गरेको यो गीत मदन रोकाया युटुब च्यानलबाट रिलिज गरिएको छ ।

भिडियोलाई दुर्गा श्रेष्ठले निर्देशन गरेका हुन् । गीतको भिडियोमा बाबु श्रेष्ठको छायाँकन , सुरेश पाण्डेको कोरियोग्राफी, साजन शाहको मिक्सिङ मास्टरिङ्ग, शौखिन तिमल्सिनाको सम्पादन, प्रिया नगरकोटीको मेकअप, सत्यम रानाको भिएफएक्स रहेको छ ।