गीतकार संघमा नयाँ नेतृत्व


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ पुष

शनिबार काठमाडौंमा सम्पन्न ११ औं साधारण सभा र ५ औं अधिवेशनले गीतकार संघ नेपालमा नयाँ नेतृत्व चयन गरेको छ । गीतकार शुभ मुकारुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । आफ्नो कार्यसमितिले गीतकारहरुको हक हितका लागि काम गर्ने संघका नव निर्वाचित अध्यक्ष शुभले बताएका छन् । गीतकारहरु आर्थिक रुपमा समेत विपन्न रहेकाले संघका सदस्यहरुको लागि विभिन्न योजना आफुहरुले ल्याउने दाबी उनले गरेका छन् ।

संघको नयाँ कार्यसमितिको उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिबमा रमेश कोइराला, सचिबमा महेश आचार्य र कोषाध्यक्षमा जोबी सँयोगी चयन भएका छन् । दुृई वर्षको लागि यो कार्यसमिति चयन भएको हो ।

यस्तै संघका केन्द्रिय कार्यसमिति सदस्यहरुमा प्रतिमा श्रेष्ठ, शितल कादम्बिनी, लोकराज अधिकारी, सुमी सिंह, रमेश राई र चेतन खतिवडा चयन भएका छन् ।