सरोजको संगीत र रामजी खाँडको स्वरमा आफ्नै माया


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ पुष

संगीतकार सरोज प्याकुरेलको संगीतमा नयाँ गीत आफ्नै मायाँ…को भिडियो रिलिज भएको छ । यो गीतलाई तुलसी म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

यो गीत गायक रामजी खाँडको स्वरमा रहेको छ । अहिले धेरै गीत चर्चामा रहेका रामजी खाँडले यो गीत पिकनिक तथा पार्टिको लागी नृत्य गर्न सुहाउने गीत भएको जनाएका छन् ।यो गीतका गीतकार बिजय दिप गिरी हुन् । यो गीतको भिडियोलाई बिजय दिप गिरीले नै निर्देशन गरेका छन् ।

गीतको भिडीयोमा नरेन खड्का र सिमा ढकालको अभिनय रहेको छ । गीतमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायाँङ्कन र बिकास ज्ञवालिको सम्पादन रहेको छ ।  मनोहर सुनामको एरेन्ज रहेको गीतलाई भोला पौडेलले मिक्सीङ गरेका छन् । गीत जर्सिङ पौवामा छायाँङ्कन भएकोले हिमालका सुन्दर दृष्य पनि भिडियोमा अटाएका छन् ।