नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ मा छक्का पञ्जा ३ ले जित्यो १२ अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, २० पुष
मुलुकमा कोरोनाको महामारी केही मत्थर भएको बेला १२ औं संस्करणको नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ सम्पन्न भएको छ । सो समारोहमा उत्कृष्ट फिल्म सहित १२ विधामा विभिन्न अवार्ड चलचित्र चलचित्र छक्का पञ्जा ३ ले जितेको छ । अँग्रेजी नयाँ वर्ष २०२१ को अबसर पारेर पोखरामा आयोजना गरिएको यो अवार्ड भव्य रुपमा सम्पन्न भयो ।

नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ समारोहमा चलचित्र छक्का पञ्जाले उत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । यस्तै यही चलचित्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड थापिन् । यस्तै छकका पञ्जा ३ बाट केदार घिमिरेले हास्य कलाकारको अवार्ड हाँसिल गरे भने यही चलचित्रबाट जितु नेपालले सह अभिनेताको अवार्ड प्राप्त गरे । विपिन मल्लले छक्का पञ्जा ३ बाटै सम्पादन विधाको अवार्ड थपे भने पुरुषोत्तम प्रधानले पनि यही चलचित्रबाट उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरे । यस्तै छक्का पञ्जा ३ बाटै उत्कृष्ट गायकको अवार्ड पहिलो नम्बरमा गीतबाट डेभिड शँकरले, सम्बाद तर्फको अवार्ड दीपकराज, जितु, केदार र यमन श्रेष्ठले, चरित्र अभिनेत्रीको अवार्ड लक्ष्मी गिरीले हाँसिल गरिन् ।

नृत्य निर्देशन तर्फको अवार्ड छक्का पञ्जा ३ बाटै पहिलो नम्बरमा गीतबाट कविराज गहतराजले, यस्तै ध्वनी मिश्रणको अवार्ड सुनयमान श्रेष्ठले, उत्कृष्ट प्रोडक्सन म्यानेजरको अवार्ड सुमन गिरीले, मेकअपको अवार्ड गणेश खडकाले र ड्रेस डिजाईनको अवार्ड कायरा बुटिकले हाँसिल गरेको छ ।

दर्शकबृन्द, यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बुलबुलबाट स्वस्तिमा खड्कालाई प्रदान गरियो । पटकथा र क्रिटिक्सको अवार्ड पनि बुलबुलबाटै बिनोद पौडेललाई प्रदान गरिएको छ । यस्तै उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र प्रसादबाट विपिन कार्कीले, खलचरित्रको अवार्ड चलचित्र प्रसादबाटै निश्चल बस्नेतले, उत्कृष्ट कथाको अवार्ड शुशिल पौडेलले, गीतकारको अवार्ड लै लै…गीतबाट गणेश शाहीले, यही गीतबाट संगीतकारको अवार्ड सुवास भुसालले चलचित्र प्रसादबाटै हाँसिल गरे ।

यस्तै द्धन्द्ध निर्देशकको अवार्ड चलचित्र भिलेनबाट शुक्रराज शाहले, नव अभिनेताको अवार्ड चलचित्र इन्टु मिन्टु लन्डनमाबाट धिरज मगरले, नव अभिनेत्रीको अवार्ड चलचित्र ए मेरो हजुर ३ बाट सुहाना थापाले हाँसिल गरेका छन् ।

नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ को चरित्र अभिनेतातर्फको अवार्ड चलचित्र वोवीबाट बिजय लामाले, बाल कलाकारको अवार्ड चलचित्र नाई नभन्नु ल ५ बाट सेड्रिना शर्माले, गायिका तर्फको अवार्ड चलचित्र क्याप्टेनको रहर छ गीतबाट अन्जु पन्तले, स्वराँकन तर्फको अवार्ड, ए मेरो हजुर ३ बाट नविन श्रेष्ठले हाँसिल गरे ।

यस्तै गत वर्षको पपुलर अभिनेताको अवार्ड अनमोल केसीलाई, पपुलर अभिनेत्रीको अवार्ड साम्राज्ञी राज्यलक्ष्मी शाहलाई, विशेष चलचित्रको अवार्ड चलचित्र क्याप्टेनका लागि भुनव केसीलाई, इन्करेजमेन्ट अवार्ड चलचित्र बोवीकालागि निर्देशन मिलन चाम्सलाई प्रदान गरियो ।

यस्तै पोष्ट प्रोडक्सन हाउसको अवार्ड क्लासिक स्टुडियोको दिनेश सिंह महरालाई, उत्कृष्ट सिनेमा हलको अवार्ड क्युएफएक्स सिनेमालाई, चलचित्र वितरण तर्फ काठमाडौं उपत्यकाबाट उत्कृष्ट वितरकको अवार्ड ए मेरो हजुर ३ बाट गोविन्द शाहीलाई, मोफसलका लागि उत्कृष्ट वितरकको अवार्ड छक्का पञ्जा ३ बाट उज्ज्वल पौडेल र मनोज राठीलाई, उत्कृष्ट अवार्ड आयोजकको अवार्ड कामना फिल्म्स अवार्ड रर चलचित्र पत्रकारिताको अवार्ड रजतपटका सचित खड्कालाई प्रदान गरियो ।

यो अवार्डको निर्णायकमा चलचित्र निर्देशकबाट सुवास गजुरेल, मदन घिमिरे, डब्बु क्षत्री, तथा कलाकार, प्राविधिकहरु थिए । कार्यक्रममा सँगीतकार तथा गायक चेतन सापकोटाले आफ्ना चर्चित ३ ओटा गीत गाएर दर्शकलाई नचाए । यस्तै गायिका मोनिषा आलेमगरले पनि आफ्ना गीतबाट दर्शकको मन जितिन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, अग्रज अभिनेता भुवन केसी लगायतको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा विश्व कलाकार महासंघका ८० जना सिनेकर्मी, सामाजिक अभियान्त, सँगीतकर्मी लगायतलाई आजिवन सदस्यता प्रदान गरियो ।

गत बैशाखमा रशियामा आयोजना गर्न लागिएको यो अवार्ड नेपालमा कोरोना सँक्रमणका ९ महिना पछि पोखरामा आयोजना गरिएको कार्यक्रम आयोजक तथा बक्स अफिल इन्टरनेशलन गु्रपका अध्यक्ष आरके (रामबहादुर) सुबेदीले कार्यक्रममा बताए । अवार्ड समारोहपछि कलाकार र पोखराका निर्माण व्यबसायीबीच मैत्रिपूर्ण फुटलब खेल भएको थियो ।