एकतर्फ हल खोल्दा काठमाडौंको सिडियोले लियो सिनेकर्मीसँग स्पष्टिकरण


ब्युटी न्युज नेपाल
काठमाडौं, १० पुष

फिल्म हल सञ्चालकहरुले एकतर्फ हल खोल्ने घोषणासँगै शुक्रबारबाट हल खोलेका छन् । उनहरुले एकतर्फी हल खोलेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडियोले हल सञ्चालकहरुलाई बोलाएर त्यो बिषयमा जानकारी लिएका छन् ।

सिडियोेले बोलाएको छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हल व्यवसायी, निर्माता, निर्देशकहरु सहभागी छन् । प्रधानमन्त्रीको कार्यालयबाट आफुलाई पत्र आएका कारण हल खोल्ने बारे जानकारी लिन आफुले बोलाएको काठमाडौंका सिडियोले बताएका छन् । प्रधानमन्त्रीको कार्यालय लगायत सम्बन्धित निकायबाट अनुमति लिएर मात्र हल खोल्नु पर्ने सुझाब सिडियोले सिनेकर्मीलाई दिएका छन् ।

कोरोना महामारीका कारण ९ महिनादेखि नेपालका सिनेमा हलहरु बन्द छन् । सबै ब्यबसाय खुलेको तर सिनेमा हल नखुलेका कारण आफुहरुले एकतर्फी भए पनि हल खोल्नु परेको जानकारी सिडियोलाई गराएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले बताएका छन् ।