संसद विघटन, होला त १७ र २७ बैशाखमा मध्यावधि चुनाव


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ पुष

अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । सो विघटनलाई यतीबेला विपक्षी सम्मले गैर संवैधानिक भन्दै टिप्पणी गरेका छन् ।

संसद विघटनसँगै मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आगामी बैशाख १७ र २७ गतेलाई मध्यावधि निर्वाचनको मिति तोकिएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकपछि प्रधानमन्त्री ओलीले यस्तो निर्णय गरेका हुन् । प्रधानमन्त्री ओलीले बैठक सकिएपछि संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका हुन् । उनको त्यो निर्णयको मन्त्री देखि सांसद सम्मले विरोध गरिरहेका छन् । यतीबेला सत्तारुढ र विपक्षी दलहरुले समेत संसद विघटन संविधानविपरीत भएको दाबी गरेका छन् ।

तर राष्ट्रपति भण्डारीले संविधान सम्वत रुपमा आफुले संसद विघटनको घोषणा गरेको भनेकी छिन् । उनका अनुसार संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरिएको हो ।