फेसन र ग्ल्यामरमा केन्द्रि नेपालकै पहिलो क्लब ‘टेन एक्स’ खुल्दै


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ पुस

कोरोनाको सँक्रमण काठमाडौंमा केही घटेपछि यहाँ चहलपहल बढ्न थालेको छ । यसै क्रममा फेसन र ग्ल्यामर थीममा आधारित नेपालकै पहिलो क्लब ‘टेन एक्स’ सञ्चालन हुुुने भएको छ । यो क्लब राजधानीको ठमेल जेड स्ट्रिट चोक, होटल वैशाली नजिकै रहेको छ । यसमा नयाँ प्रविधिको हाइड्रोलिक लाईट जडान गरिने र डान्सिङ फ्लोर समेत अत्याधुनिक प्रविधिको बनाइने लक्ष्य रहेको सञ्चालक सकिन खड्गी र पौरख मर्दान बस्न्यातले जानकारी गराए ।

फेसन र ग्ल्यामर थीम मा आधारित नेपालकै पहिलो यो क्लब लगभग ६५०० स्क्वायर फिट को क्षेत्रफलमा रहेको छ । यो क्लबमा प्रयाप्त पार्किङको सुबिधासहित यहाँ विभिन्न क्लासको वर्गको लागि उचित बैठक स्पेस रहने पनि सञ्चालक पक्षले जनाएको छ । यो क्लब अब केही दिन भित्रै खुल्दै छ ।