ब्युटी सेक्रेट एन ब्युटी सुलनको पाँचौ वार्षिक उत्सब सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, १ पुष

बरिष्ट ब्युटिसियन सुमित्र रँजितले आफ्नो पछिल्लो ब्युटी पार्लर स्थापनाको पाँचौ वार्षिक उत्सब मनाएकी छिन् । काठमाडौंको खिचापोखरीमा आधा दशक अघि स्थापना गरेको ब्युटी सेक्रेट एन ब्युटी सलुन र ब्युटी एक्प्रेसको पाँचौं वार्षिक उत्सब एक आपसमा शुभकामना आदन प्रदान गर्दै मनाएकी छिन् ।

लायन्स क्लब अफ काठमाडौं सिद्धीकी अध्यक्ष एवम् कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष बरिष्ट ब्युटिसियन अनिता खड्का रायमाझीले सो अबसरमा बधाई ज्ञापन गर्दै ब्युटी सेक्रेटको यस्तो वार्षिक उत्सब आउँदा दिनमा अझ सफल रुपमा मनाउने पाईयोस् भनिन् ।

कार्यक्रममा लायन्स रेश्माले पनि बरिष्ट ब्युटिसियन सुमित्रा रँजितलाई ब्युटी सेक्रेटको पाँचौ वार्षिक उत्सबको शुभेच्छा दिँर्दै अझ प्रगतिको कामना गरिन् ।

बरिष्ट ब्युटिसियन सुमित्राले यस अघि आफुले ग्लोरी ब्युटिपार्लर लामो समय सञ्चालन गरे पछि अत्याधुनिक सेवा सुविधा सहित २०७२ सालमा ब्युटी सेक्रेट एन ब्युटी सलुन स्थापना गरी सेवा दिँदै आएको बताईन् । अहिलेको अबस्थामा कोभिडबाट पूर्ण सुरक्षित बनाएर आफुले हेयर केयर, स्किन केयर सहित व्युटी सम्बन्धि सम्पूर्ण सुविधा ग्रहकलाई प्रदान गर्दै आएको पनि बरिष्ट ब्युटिसियन सुमित्राले बताईन् ।

कार्यक्रममा सहभागी विभिन्न ब्युटिसियनहरुले उनलाई ब्युटी सेक्रेटको पाँचौ वार्षिक उत्सबको शुभकामना दिए । केक काटेर शुभकामना आदन प्रदान सहित सोही पार्लरमा पाँचौ वार्षिक उत्सब मनाईएको थियो ।