दीपा र सुवर्णको कब्जा गर्यौ तिमीले


ब्युटी न्युज नेपाल
काठमाडौं, २ पुष

गायिका दिपा कोईरालाको स्वरमा नयाँ गीत कब्जा गर्यौ…बजारमा आएको छ । यो गीतलाई सुवर्ण कुमारले लेखेका हुन् । गीतमा संगीत पनि सुवर्णले नै दिएका छन् ।

यो गीतको भिडियोलाई भिडियो क्राफ्ट युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीत निकै कर्णप्रिय बनेको छ । प्रेम वियोगमा आधारित यो गीतमा त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता रमेश चन्द सोडारी र गायिका एवम् मोडल सरिता भारती मुख्य भूमिकामा छन् । उनीहरुको प्रेममा रमा आरएल ठकुरी र हेम श्रेष्ठ बाधक बनेका छन् ।

डब्बु क्षत्रीको निर्देशनमा तयार भएको यो भिडियोलाई मोहनिस श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन सुवर्ण कुमारकै रहेको छ । काजल क्रियसनकी फेसन डिजाईनर काजल शर्माको ड्रेस डिजाईन रहेको यो भिडियोमा बन्दना मगरातीको मेकअप रहेको छ । भिडियोको पोष्ट प्रोडक्सन विलक्षण क्रियसनमा गरिएको हो ।