ब्युटी न्युज नेपाल
काठमाडौं, ३० मँसिर

मंगलबार बसेको मन्त्री परिषद् बैठकले चलचित्रको छायाँकनको लागि अनुमति दिएको छ । यस अघि सरकारले चलचित्रको छायाँकन कार्य रोक्दै आएको थियो ।

यसरी सरकारले अनुमति नदिएपनि स्थानिय तहको सिफारिसबाट केहि सिनेमाको छायांकन सुरु भएको थियो ।

कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले बताएका छन् ।

चलचित्रको छायाँकनका लागि विश्व स्वास्थ्य सँगठनले कायम गरेको नियमलाई अब पालना गरेपछि मात्र सिनेकर्मीहरुले छायाँकन गर्न पाउने छन् ।

सकारले विश्वव्यापी कोरोना महामारी फैलिएको कोरोना नेपालमा पनि देखिएपछि गत चैतको पहिलो साताबाट छायाँकन गर्नमा रोक लगाएको हो । छायाँकन गर्ने अनुमति सरकारले दिए पनि सिनेमा हल खुलाउने बारे निर्णय भएको छैन ।