१० पुषबाट जबरजस्ती हल खोल्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ मँसिर

नेपालमा कोरोना सँक्रमण देखिएको ९ महिना भयो । यो अबधिमा फिल्म हल पूण रुपमा बन्द छ । अझै पनि सरकारले नेपालमा फिल्म खोल्ने अनुमति दिएको छैन । आफुहरुले पटक पटक हल खोल्न अनुमति माग्दा सरकारले नदिएकापछि अब हल सञ्चालकहरु आफैंले यही पुष १० गतेबाट जबरजस्ती हल खोल्ने भएका छन् ।

कोरोनाका समस्या देखिएपछि गत फागुनको अन्तिम साताबाट नेपालमा सिनेमा हलहरु सरकारले बन्द गराएको हो । यतीबेला सरकारले भिड भाड हुने मन्दिर, सपरमार्केट देखि धेरैकुरा खुला गरेको छ । तर फिल्म हल खोल्न दिएको छैन । सरकारले हल खोल्न नदिने भएपछि हल सञ्चालकहरुले काठमाडौंमा पत्रकार भेटघाट गर्दै जबरजस्ती सिनेमा घर खोल्ने घोषणा गरेका हुन् ।

यसै प्रसँगमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले कोरोना सम्बन्धि दर्शकलाई सुरिक्षत राख्न आफुहरुले सिनेमा हल खोल्दा विश्व स्वस्थ्य सँगठनको अपदण्ड अपनाउँदै हल खोल्न लागेको बताएका छन् ।सिनेमा हल खोल्नका लागि आफुहरुले सरकारसँग पटक पटक राखेको माग गरेका बताएका छन् । तर आफ्नो माघको सुनुवाई नभएपछि हल खोल्नुको बिकल्पन नरहेको उनले बताएका छन् ।

उनीहरुले जबरजस्ती सिनेमा हल खोल्न घोषणा सहित सिनेमा हल सञ्चालकहरुले ९ सुत्रिए मागको घोषणा पनि गरेका छन् । जसमा चलचित्र क्षेत्रलाई प्रभावित क्षेत्रको रुपमा सम्बोधन हुनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अबस्थामा प्रयोग भएको बिजुलीको महसुल पूर्ण मिनाहा हुनु पर्ने माग रहेको छ । यस्तै चलचित्र क्षेत्रमा मौद्रिक नीति अनिवार्य रुपमा कार्यन्वयन हुनुपर्ने, चलचित्र प्रदर्शन ब्यबसायले अनिवार्य रुपमा उधोगको मान्यता पाउनु पर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायत माग पनि उनीहरुले अघि सारेको छन् ।

यसै गरी सोही पत्रकार भेटघाटमा बोल्दै संघका महासचिब तथा प्रवक्ता अशोक शर्माले १० पुषमा आफुहरुले सिनेमा हल खोल्दा सरकारले आफुहरुलाई पक्राउ गर्छ भने थुनामा जान तयार रहेको बताएका छन् । हैन भने सरकारलाई आफुहरुले सिनेमा हलको चाबी बुझाएर सबै कुरा जिम्मा दिने पनि उनले सो क्रममा चेतावनी दिए ।