निशाका पाउ हजुरमा बेनिशाका शास्त्रीय नृत्य


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मँसिर

गायिका निशा देसारले आफ्नो स्वरमा नयाँ गीत ‘पाउ हजुरको…’ दर्शकमाझ ल्याएकी छिन् । शास्त्रीय शैलीमा तयार गरिएको यो गीतको भिडियो युट्युबबाट सार्वजनिक गरिएको छ । भिडियो निकै आकर्षक बनेको छ । गायिका निशाका अनुसार उनको उत्कृष्ट गीतहरुको सूचीमा पाउ हजुरको पनि पर्दछ । त्यसैले यो गीत र भिडियो दुबै राम्रो बनेको उनले बताएकी छिन् ।

ठकुरी वंशको ऐतिहासिक पक्षलाई भिडियोमार्फत प्रस्तुतको कोशिस गरिएको छ । यो गीतका शब्दहरु डा.दिलिप कुमार मल्लले रचना गरेका हुन् । गीतलाई लक्षु प्रकाश मल्लले संगीतबद्ध गरेका छन् ।

गीतको म्युजिक भिडियो निकै मेहनतका साथ तयार पारिएको छ । अभिनेत्री बेनिशा हमालले यो गीतको भिडियोमा दरबारिया शैलीमा आकर्षक नृत्य गरेकी छिन् । उनलाई शास्त्रीय शैलीको नृत्यमा सहयोगी कलाकारहरुले साथ दिएका छन् ।

राजा महाराजका अगाडी दरबारमा कलाकारहरुले प्रस्तुत गर्ने नाचगानलाई यो भिडियोमा निकै आकर्षकपूर्बक उतारिएको छ । भिडियोमा दिलिप कुमार मल्ल, सोमराज शाह, विश्व सिंह ठकुरी, निशा शाहसहितको अभिनय छ । भिडियोमा स्वजन रघुबंशीको कोरियोग्राफी छ । शेर शाही यो भिडियोका निर्देशक हुन् ।