शिबको आँशुको अर्थ…३ मा आकाशको रोदन


ब्युटी न्युज नेपाल
काठमाडौं २६ मंसिर

गायक शिब परियारले आफ्नो चर्चित गीत आँशुको अर्थ के हो…को तेश्रो सृँखला बजारमा ल्याएका छन् । यस अघिको आशँुको अर्थ…र आँशुको अर्थ…२ सफल भएपछि उनले यो तेश्रो सृँखला बजारमा ल्याएका हुन् ।

गायक परियारले आफ्नै अफिसियल युट्युव च्यानल शिब परियारबाट यो भिडियो रिलिज गरेका हुन् । भिडियोले छोटो समयमा राम्रो भ्युज पाएको छ ।

यो नयाँ गीतलाई पनि रबी अधिकारीले लेखेका हुन् । यस अघिको गीत पनि रबीले नै लेखेका थिए । उनी पछिल्लो समयका उम्दा गीतकार हुन् ।गीतमा संगीत पनि शिब परियारकै रहेको छ । जसमा संगीत संयोजन गोपाल रसाईलीले गरेका हुन् ।

यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । उनको यसमा रोदनमय भूमिका रहेको छ । आकाशसँगसँगै मनोज, समरा र बृन्दाको अभिनय यसमा रहेको छ । यो बियोगान्त गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

भिडियोमा हरि हुमागाईंको छायाँकन विकाश धमलाको सम्पादन रहेको छ । भिडियोलाई गायक शिब परियार आफैंले निर्माण गरेका हुन् ।