पुष्प र सुशीलाको ‘मायाको फूलबारी’मा रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ मंसिर

अभिनेता पुष्प खड्का र सुशीला थापा मायाँको फुलबारीमा रोमान्टिक भएका छन् । नयाँ गीत मायाँको फुलबारीमा…मा प्रेम प्रेमीको भूमिकामा उनीहरु रोमान्टिक भएका हुन् ।

गीतकार सुरेश घोण्डे गुरुङको यो नयाँ गीत मायाँको फुलबारीमालाई युट्युवबाट सार्वजनिक गरिएको छ । गुरुङको शब्द तथा संगीतमा यो गीत सार्वजनिक भएको हो । यस गीतमा गायिका मेलिना राई र सुमन केसीले स्वर भरेका छन् ।

गीतलाई रोमान्टिक शैलीमा तयार गरिएको छ । शान थापाको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । राजीव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । कमल प्रसाईंले ड्रेन चलाएको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।