अग्रज संगीतकार शम्भुजीतको संगीत निर्देशनमा ३५ वर्षपछि फेरी आउँदै चुपचाप…


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मंसिर

गायक सत्यराज आचार्य हातमा गिटार लिएर चुपचाप बस तिमी… गीत गाउँदै थिए । सँगै क्याम्प फायरको आनन्द लिँदै अभिनेत्री करिश्मा मानन्धर आफ्नै लयमा देखिएकी थिईन् । केही पर अभिनेता कृष्ण मल्लले अभिनेत्री मानन्धरलाई नियालिरहेका थिए । करिश्मासँगै गायिका तथा मोडल सरिता भारती सहित केही कलाकार पनि क्याम्प फायरको न्यायोमा गीतसँगै झुमिरहेका थिए ।

उनीहरुलाई बुधबार बेलुका बरिष्ट संगीतकार शम्भुजीत बासकोटा आफ्नै निर्देशकीय लयमा एक्सन कट भन्दै थिए । काठमाडौंको लाजिमपाट स्थित सम्पदा गार्डेन रिसोर्टमा सो गीतको भिडियो छायाँकन दृष्य हो यो ।

चुपचाप बस तिमी…गीतलाई छायाँकार हरि हुमागाईंले दृष्यमा उतार्दै थिए । छायाँकार हुमागाईं र विभिन्न कलाकारलाई बासकोटाले विभिन्न निर्देशन दिईरहेका थिए । साँढे तीन दशक अघिको यो गीतलाई यसपटक सत्यराज आचार्यको स्वरमा बरिष्ट संगीतकार बासकोटाले उतारेका हुन् । पारसमणि संगीतकार बासकोटाका हरेक गीत कालजायी छन् ।

२०४० को दशकको यो हिट गीतलाई त्यतिबेला बिआर सँगमले गाएका थिए । यो गीतलाई यसपटक सत्यराज आचार्यले गाएका छन् । यो गीतलाई बरिष्ट संगीतकार बासकोटा आफैंले संगीत गरेका हुन् । बालकृष्ण सजिबले लेखेको यो गीत त्यतिबेला निकै हिट भएका कारण यसलाई पुन रेकर्ड गर्राएर अहिले आफ्नो निर्देशनमा भिडियो बनाएको पनि बरिष्ट संगीतकार बासकोटाले बताए ।

भिडियोमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेता कृष्ण मल्ल, सँजय न्यौपाने, गायक सत्यराज आचार्य, गायिका तथा मोडल सरिता भारती लगायतलाई देख्न सकिने छ । भिडियोलाई चाँडै सेभेन नोट्स च्यानलबाट रिलिज गरिने छ ।