निशान र अस्मिताको तिमीसँगमा निकोलस र मुस्कान


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मंसिर

युव पुस्ताका राम्रा गायक निशान भट्टराईको पछिल्लो समय एकपछि अर्को गर्दै राम्रा गीतहरु बजारमा आएका छन् । यसै क्रममा यतीबेला निशान र अस्मिता अधिकारीको युगल स्वरमा नयाँ गीत ‘तिमीसंग मन साटें…’ गीत र यसको भिडियो बजारमा आएको छ ।

यो रोमान्टिक गीतको भिडियोलाई श्याम कार्की ईन्टरनेटमेन्टले सार्वजनिक गरेको छ । रवि मल्लको शब्द संगीत रहेको यो गीतमा दिक्षित पौडेलको संगीत संयोजन रहेको छ ।

यस गीतको भिडियोमा निकोलस अर्याल र मुस्कान वाग्लेको राम्रो अभिनय रहेको छ । उनीहरुको जोडी भिडियोमा आकर्षक देखिएको छ । स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन र सम्पादनमा यो गीतको भिडीयो तयार भएको छ । गीतसँगै भिडियोलाई दर्शकले अहिले रुचाएका छन् ।