दाम्पत्य सम्बन्धमा बाँधिईन अभिनेत्री श्वेता खड्का


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ मंसिर

अभिनेत्री श्वेता खड्का अन्तत दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् । केही समय देखि प्रेम सम्बन्धमा रहेकी अभिनेत्री श्वेताले अन्तत आफ्ना प्रेमी विजयन्द्र सिंह रावतसँग सोमबार दिउँसो विवाह गरिन् । यस अघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग दाम्पत्यसम्बन्धमा बाँधिएकी श्वेताले विवाहको ४० दिन नपुग्दै आफ्ना पतिलाई गुमाएकी थिए । त्यसपछि उनले आज दोश्रो विवाह गरेकी हुन् ।

प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन् । चार दिन यताबाट प्रेमी विजयन्द्रसंग विभिन्न उनले विवाहका विभिन्न रिजहरु सम्पन्न गर्दै आज सोमबार लगनगाँठो कसेकी हुन् । गोकर्ण फरेष्ट रिसोर्टमा सिमित साथीभाई र आफन्त माझ श्वेता र विजयन्द्र स्वयवबीच हिन्दू परम्परा अनुसार बिबाह भएको हो । श्वेताका दुलाहा विजयन्द्र सिंह रावत घनगडीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु छन् । व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेताको गएका एक वर्षदेखि प्रेम सम्बन्ध थियो । दुई परिवारको सहमतीमा उनीहरुले बिबाह गरेका हुन् । विजयन्द्र पढाई सकेर चाँडै नै ब्यबसाय सुरु गर्ने योजनामा छन् । अभिनेत्री श्वेता भने ब्यबसायमा स्थापित भईसकेकी छिन् । उनले होटल, क्याफे लगायत विभिन्न व्यबसाय रहेको छ ।

अभिनेत्री श्वेताले चलचित्र कहाँ भेटिएलाबाट नेपाली चलचित्र यात्रा सुरु गरेकी हुन् । सो चलचित्रबाट उनलाई अभिनेता श्रीकृष्ण श्रेष्ठले नायिकाको रुपमा नेपाली चलचित्र उधोगमा भित्राएका थिए । त्यसपछि श्रीकृष्ण र श्वेताले श्रीमान श्रीमती र कोहिनुर गरी दुई ओटा चलचित्रमा सँगै काम गरे । श्रीकृष्णसँगै श्वेताको अन्तिम चलचित्र कोहिनुर नै भयो । यो चलचित्र सर्वाधिक हिट भएको थियो । श्रीकृष्णको निधन पछि उनको सम्झनामा अभिनेत्री श्वेताले चलचित्र कान्छीमा पनि अभिनय गरिन् । उनले यो चलचित्र पतिको सम्झनामा निर्माण गरेकी थिईन् ।

यसपछि अर्को नयाँ चलचित्र हेलो जिन्दगीमा काम गर्दा गर्दै उनी बिरामी भएकी थिईन् । त्यसपछि उनले सो चलचित्र छाडिन् । चाँडै नयाँ चलचित्र निर्माण गर्ने योजना बनाएकी उनी यतीबेला दाम्पत्य जीवनमा बाँधिएकी छिन् । तर अब कहिले चलचित्रमा फर्किनेछिन भन्ने बारे उनले बताएकी छैनन् । विवाहपछि पनि उनले फिल्म निर्माणलाई अघि बढाउने बताएकी छिन् ।