सचिन र मेलिनाको जोगी भएँमा सरोज आश्माको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ मँसिर

अग्रज पपगायक सचिन रौनियारले यतीबेला आफ्नो नयाँ गीत जोगी भएँ तिमीसँग मन मुटु साट्नाले…को भिडियो बजारमा ल्याएका छन् । यो गीतमा उनले यसपटक कार्टुन क्रिउका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई मुख्य भूमिकामा उतारेका छन् । भिडियोमा गायक सचिन आफु पनि प्रस्तुत भएका छन् ।

यो नृत्य प्रधान गीत रोमाञ्चक बनेको छ । गीतलाई सचिन र मेलिना राईले गाएका छन् । यो गीत बेनु पी मैनालीले लेखेका हुन् । जसमा दीपक शर्माको संगीत रहेको छ । गीतलाई संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

पवन सुस्लिङले छायाँकन सम्पादन गरेको यो गीतको भिडियोलाई सरोज अधिकारी आफैंले निर्देशन गरेका हुन् । जसमा कोरियोग्राफी आश्माको रहेको छ । यो गीतको भिडियोलाई कार्टुन क्रिउकै च्यालनबाट रिलिज गरिएको छ ।