नम्रताले चुमिन मिस नेपाल वल्र्ड २०२० को उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० मँसिर

मिस नेपाल वल्र्ड २०२० को उपाधि काठमाडौंकी २३ वर्षीया नम्रता श्रेष्ठ जितेकी छिन् । शनिबार बेलुका काठमाडौंमा आयोजना गरिएको यो प्रतियोगिताको अन्तिममा २० प्रतिस्पर्धी थिए । जसबाट मिस नेपाल वल्र्ड–२०२० बन्न नम्रता सफल भईन् । उनले मिस कन्फिडेन्टको उपाधि पनि जितिन् । सन २०१६ मा मिस नेपालको फाईनलमा पुगेर बाहिरिएका नम्रताले यसपटक भने ताज चुमिन । नेपालको प्रतिनिधित्व गर्दै नम्रताले अब हुने मिस वल्र्डमा भाग लिने भएकी छिन् ।

सो प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले, मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले र मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्माले जिते ।

अन्य उपाधि तर्फ मिस ब्युटी विथ पर्पज र मिस पपुलर च्वाइसको सहित दुई उपाधि सन्ध्या शर्माले, मिस हेल्दिको उपाधि नेहा सरकारले, मिस फोटोजेनिकको उपाधि आस्थिका श्रेष्ठ र मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले हाँसिल गरे ।

मिस नेपाल २०२० फाईनलको निर्णायकमा डा.पुकार मल्ल, डा.राज राणा, पूर्व मिस नेपाल प्रिती सिटौला, मिस नेपाल २०१७ निकिता चाण्डक, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी, शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैद्यलगायत थिए । कोरोनाको महामारीका कारण सामाजिक दुरी कायम गर्दै यस पटकको मिस नेपाल सामान्य रुपमा सम्पन्न गरियो ।