सजल र सम्झनाले ल्याए दाईको साली


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ मंसिर

गायक सजल न्यौपाने र गायिका सम्झना पान्डेले जुवारी भाकामा नयाँ गीत दाईको सालीको भिडियो रिलिज गरेका छन् । विवाह सम्बन्धि यो गीतको भिडियोमा गायक एवम नव नायक प्रकाश सपुत र नायिका आँचल शर्माले अभिनय गरेका छन् । यी दुईले बेहुला र बेहुली तर्फबाट प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् ।

सजल आफैंले लेखेको यो गीतमा सँगीत पनि उनकै छ । गीत कर्णप्रिय बनेको छ । सझना पाण्डेकै युट्युव च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको छ । गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ गरेका हुन् ।

यो भिडियोलाई अनुप चापागाईंले निर्देशन गरेका हुन् । निशल पौडेलले खिचेको यो गीतको भिडियोमा सुवोल थापाको कोरियोग्राफी र स्वस्तिका श्रेष्ठको मेकअप रहेको छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।